• Wednesday 7th of October 2026

कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति


  • धनकुटा खबर
  • .

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबीच संसदको अवरोध अन्त्य गर्दै सदनको कारबाही सुचारु गर्ने सहमति भएको छ ।

सिंहदरबारमा भएको अनौपचारिक छलफलमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुख सचेतकहरूबीच सहमति जुटेसँगै प्रतिनिधिसभाको अवरोध हट्ने भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह ले प्रत्येक महिनाको पहिलो साता सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने नियमावलीको व्यवस्था उल्लंघन गरेको भन्दै विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले जेठ १९ गते प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले आजै बस्ने संसद बैठकमा सत्तापक्षले प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्ने बताएकी छन् । रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी ले प्रधानमन्त्रीको सम्बोधनको मिति घोषणा गर्ने जनाइएको छ ।

छलफलमा रास्वपाबाट कबिन्द्र बुर्लाकोटी, कांग्रेसबाट बासना थापा, एमालेबाट ऐनबहादुर महर, नेकपाबाट दुलाल, श्रम संस्कृतिबाट आरेन राई तथा राप्रपाबाट खुश्बु ओली सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖