• Wednesday 7th of October 2026

रास्वपाबाट कांग्रेसमा आएकी शर्मालाई गगनले गरे केन्द्रीय सदस्यमा मनोनीत


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी ममता शर्मा (बारा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेकाे छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो।

चुनावका बेलामा रास्वपा छोडेर कांग्रेस प्रवेश गरेकी शर्मालाई मंगलबार कांग्रेसले केन्द्रीय समिति सदस्य बनाएको हाे।

शर्मा रास्वपा मधेस प्रदेशकी संस्थापक अध्यक्ष समेत थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖