• Wednesday 7th of October 2026

सर्वोच्चका न्यायाधीश बिरामी, आर्थिक सहयोग गर्न अपिल


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर बिरामी परेर भारतमा उपचार गराइरहेका छन् ।

श्रेष्ठ बिरामी भएपछि गत वैशाख ११ गतेदेखि इजलास बसेका थिएनन् । न्यायाधीश श्रेष्ठ हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन् ।

न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जनाउँदै न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा यथाशक्य आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ ।

सूचनामा न्याय सम्पादनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖