• Tuesday 6th of October 2026

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं।    देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोडस्थित सडकमा दार्चुलादेखि जुम्लातर्फ जाँदै गरेको बा.प्र.०१-०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार मकवानपुर हेटौंडा बस्ने ४१ वर्षीय नबिन तुलाधर र बर्दिया बाँसगढी नगरपालिका-५ बस्ने ४५ वर्षीय राम प्रकाश थारूको मृत्यु भएको छ। शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। 

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१ प ९२७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६९ वर्षीय सम्मर बहादुर रानाभाटको शनिबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖