• Wednesday 7th of October 2026

प्रम बालेनको ‘नेपालले भारतीय भूमि मिचेको’ अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्टमबाटै ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति प्रमुख राजनीतिक दलहरूले तीव्र आपत्ति जनाएका छन्। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीको यो गैरजिम्मेवारपूर्ण भनाइलाई तत्काल प्रमाणित गर्न चुनौती दिँदै अन्यथा संसद्को रेकर्डबाटै हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील राष्ट्रिय मुद्दामा देशको प्रधानमन्त्रीले हलुका र आधारहीन टिप्पणी गरेको आरोप लगाइन्।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि प्रधानमन्त्री शाहको उक्त भनाइप्रति कडा आपत्ति जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖