• Wednesday 7th of October 2026

प्रतिनिधिसभा बैठकमा आशिका तामाङ जंगिएपछि‍‍‍‍….


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह ले सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाएका थिए । सोही क्रममा सांसद तामाङले आक्रामक प्रतिक्रिया जनाएको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार तामाङ आफ्नो सिटबाट उठेर अगाडि बढ्न थालेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्नुपरेको थियो ।

उनको आक्रोश नरोकिएपछि रास्वपाकी सांसद ज्वाला संग्रौला, रञ्जु दर्शना र रिमा विश्वकर्मा लगायतले उनलाई बैठक कक्षबाहिर लगेका थिए ।

सांसदहरूद्वारा सम्झाइबुझाइ गरेपछि करिब आधा घण्टापछि तामाङ पुनः बैठकमा सहभागी भएको बताइएको छ ।

घटनापछि केही समय प्रतिनिधिसभा बैठकमा तनावपूर्ण अवस्था देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖