दिल्ली । भारतको राजधानी दिल्लीमा भवन भत्किँ दा एमबीबीएस अध्ययन पूरा गरेकी २४ वर्षीया एकता चन्दको मृ त्यु भएको छ।
राजस्थानको अलवर जिल्लाकी एकता शनिबार राति दक्षिण दिल्लीको सैदुलाजब क्षेत्रमा रहेको भवन भत्किँदा भग्नावशेषमा परेकी थिइन्। करिब १९ घण्टापछि उद्धार टोलीले उनको शव फेला पारेको थियो।
एकता केही वर्षअघि किर्गिस्तानबाट एमबीबीएस अध्ययन पूरा गरेर भारत फर्किएकी थिइन् र हाल विदेशी मेडिकल स्नातकका लागि आवश्यक एफएमजीई परीक्षाको तयारी गरिरहेकी थिइन्। छोरीलाई डाक्टर बनाउने सपना पूरा गर्न उनका बुबा रमेश चन्दले पाँच वर्षअघि आफ्नो जग्गा बेचेर पढाइको खर्च जुटाएका थिए।
परिवारले उनको २५ औँ जन्मदिन मनाउने तयारी गरिरहेका बेला भएको यो घटनाले सम्पूर्ण परिवार शोकमा डुबेको छ। भवन भत्किने घटनामा एकतासहित ६ जनाको मृ त्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् #News
