• Tuesday 6th of October 2026

प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्दै आएको सरकारी स्कोर्पियो गाडी चोरी भएको छ।

बा.२ झ १८७८ नम्बरको उक्त स्कोर्पियो गएराति ललितपुरको दुरीखेलस्थित चालकको घरबाहिर पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार राति १० बजेदेखि बिहान ६ बजेको बीचमा गाडी चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार चालकको घरबाट गाडीको चाबी चोरी गरी त्यसपछि स्कोर्पियो लगिएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चोरी भएको गाडीको खोजीका लागि विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको र सीसीटीभी फुटेजसमेत अध्ययन भइरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖