• Tuesday 6th of October 2026

रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ।

शुक्रबार गुल्मीमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले जानकारी दिए।

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदी स्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा बाग्लुङबाट तम्घासतर्फ आउँदै गरेको कार शुक्रबार साढे ५ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार प्युठानका प्रतिनिधि सभा सदस्य सुशान्त वैद्यिकले चलाएको बा प्र –०१–०२९ च ७३४३ नम्बरको बीवाईडी ईभी कार आफैँ अनियन्त्रित भई सडकको डिलमा अड्किएको थियो।

गाडीमा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सागर ढकालसहित तीन जना सवार रहेकामा कुनै मानवीय क्षति नभएको तथा कार घटनास्थलबाट निकाली सदरमुकाम तम्घासतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

सांसद ढकालले सामान्य दुर्घटना भएको बताए।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडिमा सामान्य क्षति भएको छ। भगवानको कृपाले सबै ठिक छ, सुशान्त वैदिक, म र आरपि महतो सबै ठिक छौँ। त्यही गाडीमै फर्किदै छौँ। हजुरको शुभेक्षाको लागि धेरै धेरै धन्यवाद ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖