• Tuesday 6th of October 2026

रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पैँयुटार निवासी ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा रहेका छन्। प्रहरीले थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको जनाएको छ।

शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कुमार थापालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖