• Tuesday 6th of October 2026

तोलामा १० हजारले घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन मूल्य ३ लाख एक हजार ९०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ।

आज चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖