• Tuesday 6th of October 2026

‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’


  • धनकुटा खबर
  • .

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारको कार्यशैली र नेतृत्वका अभिव्यक्तिका आधारमा यसको आयु धेरै लामो नहुने संकेत देखिएको बताएका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघ सुर्खेतको कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचन भएको केही समयमै सरकारका गतिविधिप्रति प्रश्न उठ्न थालेको बताए।

‘जनताले ठूलो मत दिएर सरकार बनाएका छन्। तर प्रधानमन्त्रीका अभिव्यक्ति हेर्दा इतिहासमा कहिल्यै नसुनिएका कुरा सार्वजनिक भइरहेका छन्,’ उनले भने, ‘अहिलेका युवा र तन्नेरी पुस्ताले त्यस्ता अभिव्यक्तिलाई रुचाइरहेको देखिन्छ।’

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्रीले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गलत भएको टिप्पणी गरे।

उनले वर्तमान सरकारका गतिविधिका कारण पत्रकारिता क्षेत्रसमेत प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे। समाचार लेख्ने पत्रकारहरू सुरक्षित रहने वातावरण सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री कँडेलको भनाइप्रति सरकार वा सम्बन्धित पक्षबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖