• Tuesday 6th of October 2026

गाडीको ठक्करबाट नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको मृत्यु


  • धनकुटा खबर
  • .

पोखरा, असार १ — पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गएराति बास्तोला सवार मोटरसाइकललाई बा. प्र.०३–००१–क १६५० नम्बरको मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बास्तोलालाई तत्काल उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। बास्तोलाको शव पोस्टमार्टमका लागि पोखरास्थित मणिपाल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖