• Tuesday 6th of October 2026

आज पनि बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । सुनको भाउ आज पनि बढेको छ। हिजो तोलामा पाँच हजार रुपैयाँ बढेको सुनको भाउ आज ३ सय रुपैयाँ मात्रै बढेको हो।

मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको आइतबार तोलामा १२ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार पाँच हजार रुपैयाँ बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ।

चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ५ हजार १५ रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖