• Tuesday 6th of October 2026

ललितपुरमा कलेजको चौथो तलाबाट हाम फालेका विद्यार्थीको मृत्यु


  • धनकुटा खबर
  • .

ललितपुर, असार २ गते। ललितपुरस्थित DAV College को चौथो तलाबाट हाम फालेका एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय आर्यन सिंह रहेका छन्। उनी कक्षा १२ मा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार सोमबार कलेज भवनबाट हाम फालेपछि शिक्षकहरूले उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा साँझ करिब ६ बजे सुमेरु सिटी अस्पतालमा उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार घटनास्थलबाट एक नोट फेला परेको छ। साथै सीसीटीभी फुटेज र उक्त नोटको अध्ययन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖