काठमाडौ । अर्घाखाँचीको सुपादेउराली झोलुङ्गे पुलबाट हामफालेकी २३ वर्षीया सरिता भण्डारीको घटनामा उनीसँगै रहेका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
कपिलवस्तुबाट ती पुरुषलाई सोधपुछका लागि अर्घाखाँची ल्याइएको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण, परिस्थिति तथा घटनाअघि भएका गतिविधिबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।
मृतक सरिता भण्डारी कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी रहेको खुलेको छ।
