• Sunday 4th of October 2026

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, ६ असार । अमेरिकाको ओहायो राज्यबाट एउटा अनौठो घटना बाहिर आएको छ। डब्लिन प्रहरी विभागले खटाएको एक उच्च प्रविधियुक्त रोबोट सुरक्षा अधिकारी एक वर्षमै सेवाबाट निस्कनु परेको छ । 

अचम्मको कुरा सम्पूर्ण प्रयोगमा लगभग नेपाली १ करोड ८ लाख खर्च भयो, तर सो रोबोटले कुनै परिणाम दिन नसकिए पछि अन्ततः उसलाई जागिरवाट निकालिएको छ । 

 

यो रोबोटलाई जुलाई २०२५ मा डब्लिन प्रहरी विभागले ड्युटीमा खटाएको थियो र यसलाई ‘डबबोट’ नाम दिइएको थियो। प्राविधिक रूपमा यसलाई ‘के ५  स्वायत्त सुरक्षा रोबोट’ भनिन्छ र क्यालिफोर्नियाको कम्पनी नाइटस्कोपद्वारा सिर्जना गरिएको थियो। ५ फिटभन्दा बढी अग्लो र लगभग १८० किलोग्राम तौल भएको यो रोबोट पाङ्ग्रामा हिँड्नको लागि डिजाइन गरिएको थियो। यो ३६० डिग्री क्यामेरा र सेन्सरहरूले सुसज्जित थियो, जसले नजिकैको शंकास्पद गतिविधि निगरानी गर्छ भनिएको थियो । र, यसमा सार्वजनिक सहयोगको लागि आपतकालीन कल बटन पनि राखिएको थियो।

यो रोबोट प्रहरीलाई स्थानीय पार्किङ ग्यारेजमा गस्ती गर्ने र कुनै पनि शंकास्पद गतिविधिको रिपोर्ट गर्ने जिम्मेवारी दिइएको थियो। शहर प्रशासनले यसमा लगभग ६.३ मिलियन अमेरिकन डलर खर्च गरेको थियो। तर, महिनौं देखि ड्युटीमा रहँदा पनि रोबोटले प्रहरी विभागको लागि कुनै उल्लेखनीय नतिजा दिन सकेन। आफ्नो सम्पूर्ण कार्यकालमा यसले कुनै पनि अपराधीलाई पक्राउ गर्न, कुनै पनि आपराधिक अनुसन्धानमा सहयोग गर्न वा कुनै ट्राफिक जरिवाना जारी गर्न असफल हुन पुग्यो । 

 

र, सबैभन्दा महत्त्वपूर्ण कुरा यसले प्रहरीलाई घटनास्थलमा तुरुन्तै प्रतिक्रिया दिनुपर्ने एउटा घटना पत्ता लगाउन असफल भयो, जुन प्रहरीले निकै नै अपेक्षा गरेको थियो, यसमा पनि यो चुक्यो । गत महिना अधिकारीहरूले रोबोटले शहरको सञ्चालन आवश्यकताहरू पूरा नगरेको महसुस गरे पछि चुपचाप यसको प्रयोग नगर्ने निर्णय लिए । यसरी ‘डबबोट रोबोट’ प्रहरी करियर सधैंको लागि समाप्त भयो। 

 

नाइटस्कोपका रोबोटहरू असफल भएको यो पहिलो कथा होइन। यसअघि २०२३ मा तत्कालीन मेयर एरिक एडम्सको नेतृत्वमा न्यूयोर्कको सबवे प्रणालीमा के ५ रोबोटहरू तैनाथ गरिएको थियो तर पछि तिनीहरूको उपयोगिताको बारेमा प्रश्न उठेपछि हटाइएको थियो।

 

आलोचकहरूले औंल्याए कि यी रोबोटहरूलाई मानव पर्यवेक्षण पनि आवश्यक पर्दछ । अझसान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ गरिएको अर्को रोबोटलाई नेभिगेसन र लाइभ भिडियो फिडमा प्राविधिक कठिनाइहरू अनुभव गरे पछि हटाइएको थियो ।

 

उता, चिनियाँ शहर हाङझाउमा पैदल यात्रीहरूलाई मार्गदर्शन गर्न र पर्यटकका प्रश्नहरूको जवाफ दिन मानव अधिकारीहरूसँगै मानव जस्तो ट्राफिक रोबोटहरू तैनाथ गरिएको छ। तीनले भने काम गरिरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖