काठमाडौ । पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी मृत फेला परेका छन्। उनको केहीबेर अघि त्रिशुली नदीमा लाश भेटिएको छ ।
पूर्वकार्यवाहक महालेखा परीक्षक शर्मा घरबाट निस्केको ३ दिनपछि त्रिशुली नदीमा लाश भेटिएको हो । बरिष्ठ पत्रकार किशोर श्रेष्ठले यो समाचार सार्वजनिक गरेका हुन ।
श्रेष्ठले लेखेका छन, ‘पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारीको घरबाट निस्केको ३ दिनपछि त्रिशुली नदीमा लाश भेटिएको दुखद खबर छ ।’
