काठमाडौ । दोलखाको भीमेश्वर नगरपालिका–६ भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब २ः३० बजे कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ फर्किंदै गरेको बा १५ च १४९२ नम्बरको कार ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, ५५ वर्षीया राम्री नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्।
घाइते सबैको चरिकोटस्थित छ्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कार चालक शंकरापुर नगरपालिका–३ का २१ वर्षीय निरज तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
