• Tuesday 6th of October 2026

गृहमन्त्रीको खानामा माछाको काँडा भेटिएको भनी आएको समाचारप्रति खण्डन


  • धनकुटा खबर
  • .

चितवन । गृहमन्त्री सुधन गुरुङको खानामा अखाद्य वस्तु भेटिएको भनी सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको छ।

आज चितवनस्थित ‘लड्स प्लाजा’ होटलमा खाजा खाने क्रममा गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएको भनी आएका समाचारमा कुनै सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ। उक्त विषयलाई लिएर विभिन्न माध्यममा आएका समाचारहरू अतिरञ्जित र आधारहीन रहेको सचिवालयको दाबी छ।

यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल सञ्चालकहरूसँग नियमित प्रक्रियाअनुरूप सामान्य सोधपुछ मात्र गरेको हो। घटनाका सम्बन्धमा कुनै पनि होटल कर्मचारीलाई पक्राउ नगरिएको समेत स्पष्ट पारिएको छ।

तथ्यहीन र भ्रामक समाचारको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖