मोरङ । नेपाली कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरे सवार रहेको गाडीलाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको छ।
बा १६ च २५०३ नम्बरको डाट्सन कारमा स्वयं घिमिरे सवार रहेका थिए। बीआर ११ पीए ०३११ नम्बरको भारतीय ट्रकले कारलाई ठक्कर दिँदा सवारी साधनमा क्षति पुगेको छ।
दुर्घटनामा घिमिरे सकुशल रहेको र कुनै पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ।
