• Tuesday 6th of October 2026

‘नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ’ दाबी गर्ने चेतना पौडेल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । आफूलाई ‘नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ’ भन्दै सामाजिक सञ्जालमार्फत स्वास्थ्य परामर्श दिँदै आएकी चेतना पौडेल पक्राउ परेकी छन्।

नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीको जाँच, औषधि सिफारिस तथा उपचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई चन्द्रागिरि क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

उनीमाथि ‘इलाज सम्बन्धी कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖