चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपीन आचार्यलाई समर्थन जनाएका छन् ।
गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपीनलाई समर्थन जनाउँदै भोट मागेका हुन् ।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले पार्टी हितका लागि आफूहरूले मनोनयन फिर्ता लिएको बताए ।
बाँकी उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
