तनहुं । तनहुँको मार्कीचोकमा शुक्रबार भएको दर्दनाक सवारी दुर्घटनामा दुई बालिकाको मृत्यु भएको छ।
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ७ वर्षीया उलियम थापा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दुवै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अचानक भएको दुर्घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। घटनापछि कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
एकै दुर्घटनामा दुई निर्दोष बालबालिकाको ज्यान गएपछि सडक सुरक्षाबारे फेरि गम्भीर प्रश्न उठेको छ।
