काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका खेल सकिएसँगै विश्वकपको लाइभ प्रसारण हेर्ने नाममा नेपाली नागरिक ठगिने क्रम बढेको पाइएको छ। सामाजिक सञ्जालमार्फत निःशुल्क विश्वकप हेर्न पाइने प्रलोभन देखाएर साइबर ठगी गर्ने गिरोह सक्रिय भएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा ‘नेपालको अल इन वान टिभी एप (जिजी टिभी)’ जस्ता विज्ञापनमार्फत सर्वसाधारणलाई निःशुल्क विश्वकप हेर्न सकिने भन्दै एप डाउनलोड गर्न लगाइन्छ। त्यसपछि प्रयोगकर्तालाई बैंक खाता सम्बन्धी विवरण र पासवर्ड प्रविष्ट गर्न लगाएर खातामा रहेको रकम चोरी गर्ने गरिएको छ।
काठमाडौंमा रोजगारी गर्दै आएका २५ वर्षीय एक युवकले पोर्चुगलको खेल हेर्ने क्रममा फेसबुकमा देखिएको विज्ञापनमार्फत एप डाउनलोड गरेका थिए। एप प्रयोगका क्रममा ‘तपाईंको बैंक खाता लक भएको छ, पासवर्ड राखेर जोखिम हटाउनुहोस्’ भन्ने सन्देश आएपछि उनले पासवर्ड प्रविष्ट गरेका थिए। केही समयमै उनको खाताबाट २३ हजार रुपैयाँ अपरिचित व्यक्तिको खातामा ट्रान्सफर भएको थियो।
नेपाल प्रहरीको साइबर ब्यूरोमा यस्तै प्रकृतिका उजुरीहरू निरन्तर आइरहेका छन्। ब्यूरोका एसपी दिलीप गिरीका अनुसार जेठ महिनायता विश्वकप हेर्ने नाममा ठगिएका १ सय १५ वटा उजुरी दर्ता भइसकेका छन्।
प्रहरीको अनुसन्धान अनुसार फिसिङका लागि ‘एपिके (APK) फाइल’ प्रयोग गर्ने गरिएको छ। ह्याकरहरूले फर्जी लिंकमार्फत प्रयोगकर्तालाई विभिन्न अनुमति दिन लगाउने र अन्ततः बैंक खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने गरेका छन्।
एसपी गिरीले निःशुल्क विश्वकप हेर्ने प्रलोभनमा नपर्न र शंकास्पद लिंक तथा फाइलहरू नखोल्न आग्रह गरेका छन्। विशेषगरी ‘.exe’, ‘.bat’ लगायतका एक्सटेन्सन भएका फाइलहरूमा क्लिक नगर्न उनले चेतावनी दिएका छन्।
प्रहरीका अनुसार हालसम्म यस्ता साइबर ठगीबाट २ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम चोरी भएको छ। घटनामा संलग्न गिरोहको खोजी तथा अनुसन्धान जारी रहे पनि हालसम्म कोही पक्राउ पर्न सकेका छैनन्।