• Monday 5th of October 2026

जापानमा एक नेपाली विद्यार्थीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । अध्ययनका लागि जापान गएका नेपाली विद्यार्थी सुरेन्द्र वलीको निधन भएको छ।

शनिबार राति जापानको चिबा प्रान्तस्थित चिबा सहरमा उनको मृत्यु भएको हो। उनी त्यहाँ जापानी भाषा अध्ययनरत विद्यार्थी थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पदाधिकारी तथा स्थानीय नेपाली समुदायका अनुसार घटनाको पुष्टि भइसकेको छ। मृतक वलीको परिवार र रोल्पाको गंगादेव गाउँपालिकाका जनप्रतिनिधिहरूलाई समेत जानकारी गराइएको छ।

वलीको स्थायी ठेगाना रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–६, बल्ले डिमुरगौरा हो। उनी २१ वर्षका थिए।

प्रारम्भिक जानकारीअनुसार उनी भाषा अध्ययनका लागि जापान पुगेका थिए र हाल चिबा क्षेत्रमा बसोबास गर्दै आएका थिए। मृत्युको कारणबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको एनआरएनए जापानका प्रतिनिधिहरूले बताएका छन्।

परिवारले उनको शव नेपाल ल्याएर परम्परागत अन्त्येष्टि गर्ने इच्छा व्यक्त गरेको छ। उनी तीन दाजुभाइमध्ये माइला हुन्।

घटना जापानको चिबा प्रान्तमा भएको हो। एनआरएनए जापानका स्थानीय समन्वयकर्ताहरूले आवश्यक कानुनी तथा प्रक्रिया सम्बन्धी पहल गरिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖