• Monday 5th of October 2026

काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना: २२ जना घाइते


  • धनकुटा खबर
  • .

कपिलवस्तु।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको ‘शिवपुरी लक्जरी कोच’ बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो। प्रहरीका अनुसार बसमा चालकसहित ४६ जना यात्रु सवार थिए।

दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन्। घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई तौलिहवास्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि भैरहवाको मेडिकल कलेजमा पठाइएको छ।

दुर्घटनापछि क्रेनको सहायताले बसलाई सडकबाट हटाइएको छ। हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖