• Monday 5th of October 2026

बैतडीमा बस दुर्घटना : चालक सहित १७ जना घाइते, दुईको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

धनगढी । बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो करिब ३ बजे धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्। गम्भीर घाइते दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖