कैलाली — कैलालीमा एक युवती आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरीका अनुसार कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी शुक्रबार राति आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन्।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने लगायतका प्रारम्भिक प्रक्रिया पूरा गर्दै घटनाबारे अनुसन्धान थालेको जनाएको छ।
प्रहरीका अनुसार मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
