• Monday 5th of October 2026

पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा पल्टियो


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक महेन्द्र राजमार्गमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।

जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनापछि प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरेको थियो।

बसमा सवार करिब ३५ यात्रुमध्ये घाइते भएका ९ जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। प्रहरीका अनुसार घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

दुर्घटनाग्रस्त बस हटाउन क्रेनको व्यवस्था मिलाउने काम भइरहेको छ। बस चालक ५० वर्षीय धनिराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖