• Tuesday 6th of October 2026

४२ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ हेरफेर


  • धनकुटा खबर
  • .

काठमाडौं । गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गर्दै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ।

सरुवा अनुसार ताप्लेजुङमा उमेश कुमार दाहाल, हुम्लामा भोलानाथ गुरागाईं, सोलुखुम्बुमा कमानसिंह थापा मगर, रुकुम पूर्वमा कोपिला राई, रसुवामा नरेन्द्र परियार, मुगुमा पोषणराज भण्डारी, मनाङमा मुक्तिनाथ खनाल, कालिकोटमा झविलाल भट्टराई, दार्चुलामा वर्तराज पौडेल, जुम्लामा तेजप्रकाश प्रसाई र डडेल्धुरामा मीना अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपसचिवहरूको सरुवा गरेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖