• Tuesday 6th of October 2026

इपिएस मार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौ । इपिएस प्रणालीबाट कोरिया जाने श्रमिकले तिर्दै आएको भिसा शुल्कमा वृद्धि भएको छ ।

नेपालस्थित कोरियन दूतावासको पत्रलाई उद्धृत गर्दै इपिएस कोरिया शाखाले जारी गरेको विज्ञप्तिअनुसार प्रतिश्रमिक ६ सय रुपैयाँ भिसा शुल्क वृद्धि भएको हो ।

यसअघि १० हजार सात सय रुपैयाँ शुल्क थियो । अब शुल्क वृद्धिपछि कोरिया जान अन्तिम नामावली प्रकाशन भएका श्रमिकलाई ११ हजार तीन सय रुपैयाँ भिसा शुल्क भुक्तानी गर्न शाखाले सूचित गरेको छ ।

सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरी सक्कल भौचरसमेत उपलब्ध गराउन विभागले निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖