• Monday 5th of October 2026

ललितपुरको सडकमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं — ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई एक पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेको आरोपपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

आइतबार साँझ करिब ६:३० बजे पीडित युवतीले घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन्। भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

पीडितका अनुसार गल्लीमा एक्लै हिँडिरहेका बेला ती पुरुषले अचानक कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेका थिए। त्यसपछि उनले साहस जुटाउँदै मोबाइलबाट भिडियो खिच्दै आरोपीलाई पछ्याएकी थिइन् र वरपरका मानिससँग पक्राउ गरिदिन आग्रह गरेकी थिइन्।

भिडियोमा एक जना यात्रुले आरोपीलाई नियन्त्रणमा लिएको, त्यसपछि आरोपीले पीडितसँग माफी मागेको र ‘सरी’ भनेको दृश्य देखिन्छ।

घटनापछि पीडितले प्रहरी प्रभाग इमाडोलमा लिखित निवेदन दिएकी छन्। निवेदनका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी गौतम मिश्रका अनुसार पीडितको उजुरी दर्ता भइसकेको छ र घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖