• Monday 5th of October 2026

शौचालयको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर वडा सचिवको मृत्यु


  • धनकुटा खबर
  • .

दाङ, असार २३ — दाङमा एक जना वडा सचिवको करेन्ट लागेर मृत्यु भएको छ।

गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादवको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार गढवा गाउँपालिका–६ प्रनहवास्थित आफ्नै घरमा मंगलबार बेलुकी करिब पौने ९ बजे शौचालयको बत्ती मर्मत गर्ने क्रममा यादवलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि तत्काल लमही अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले यादवको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖