काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । आज बुधबार सुन तोलामा ९ सय रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले घट्दै ८८ हजार रुपैंयामा कारोबार भएको थियो ।
यता, चाँदीको भाउपनि गिरावट आएको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
