जनकपुरधाम । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबर्जस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनी पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउतका फुपूका छोरा पनि हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी र ठगीसम्बन्धी जाहेरी परेपछि पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेका थिए। प्रहरीले उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
