• Monday 5th of October 2026

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्।

बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट नजिक उनले आफू चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उनलाई महाबौद्धस्थित वीर अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो। अस्पताल स्रोतका अनुसार उनको शरीरका विभिन्न भाग जलेका छन् र अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनी हाल सामान्य रूपमा केही बोल्न सक्ने अवस्थामा छन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖