काठमाडौँ । काठमाडौँको रातोपुल र कालोपुलबीचको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।
बिहीबार दिउँसो करिब ४ बजे करिब ३५ वर्षीया महिलाले धोबीखोलामा हाम फालेकी थिइन्। त्यसपछि प्रहरीले खोजतलास गर्दा उनको शव बल्खुस्थित कुमार क्लब नजिक बागमती नदीको किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
