• Monday 5th of October 2026

काठमाडौँको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ, असार २६ — काठमाडौँको माकलबारी क्षेत्रमा गुडिरहेको गाडीमा रहेको अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सिलिन्डर विस्फोट भएर उछिट्टिएको धातुको टुक्रा लाग्दा माकलबारी निवासी ४६ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि माकलबारी क्षेत्रमा स्थानीयको ठूलो भीड लागेको छ। सुरक्षा अवस्था नियन्त्रणमा राख्न नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर अचानक विस्फोट भएको थियो। सिलिन्डर किन र कसरी विस्फोट भयो भन्ने विषयमा प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖