काठमाडौ । दाई मदनलाई अस्पतालमा पुग्दा अन्तिम पटक भनेका थिए, ‘दाई बाबा-मम्मीलाई राम्रो गर्नुस्’ भनेको भन्यै… (रुँदै)…।
त्यो भनिसकेपछि उसले ‘दाई मेरो गल्ती थिएन है, दाई मेरो गल्ती थिएन है’ भनेर दुईचोटि भन्यो ।
मैले ‘कसको के भएको हो ?’ भनेँ । ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा-लाउँदै अनि ट्राफिक आएर ऊ गर्यो’ भन्यो । त्यत्तिकैमा उसको बोली बन्द भइसकेको थियो ।
ट्राफिक भन्यो अब अनि ह्वील लक लायो भन्यो, त्यतिमै उसको बोली बन्द भइहाल्यो ।
