काठमाडौँ । काठमाडौँको बुद्धनगरमा पारिवारिक विवादपछि एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले बताए ।
उनको वीर अस्पतालमा उपचार जारी छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
