काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
प्रहरीका अनुसार राउतले शनिबार बिहान आफ्नै घरको भान्सामा गएर शरीरमा आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो।
उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा केही समयपछि उनको मृत्यु भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
