• Monday 5th of October 2026

आत्मदाह प्रयास गरेका विवेक यादवको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ। आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति करिब २ बजे उनको निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन्।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका यादवलाई साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए।

आफन्तका अनुसार जीवविज्ञान (बायोलोजी) विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका यादव पछिल्लो एक वर्षदेखि मानसिक तनावमा थिए। उनी रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी बेरोजगार बनेका थिए।

विवेककी भाउजू शान्तिदेवी यादवका अनुसार उनी एक वर्षदेखि घरमै बसिरहेका थिए र मानसिक तनावमा थिए। शुक्रबार दिउँसो करिब १२ बजे सिसौटिया बजारचोकमा उनले आत्मदाहको प्रयास गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖