• Tuesday 6th of October 2026

मनिष झाको सरकारलाई प्रश्न– ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा सवारीसाधन राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाउँदै संलग्नमाथि निष्पक्ष अनुसन्धान र कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले यस्तो कार्य राज्यको दायित्व र जिम्मेवारीसँग मेल नखाने टिप्पणी गरेका हुन्।

उनले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा र चिन्ता सम्बोधन गर्नु रहेको उल्लेख गर्दै, नागरिकलाई थप त्रसित बनाउने गतिविधि स्वीकार्य हुन नसक्ने बताए।

‘यसमा जो–जो संलग्न छन्, उनीहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता समाधान गर्ने हो, आफैं नागरिकलाई थप आतङ्कित बनाउने होइन,’ उनले लेखेका छन्।

सरकारलाई लक्षित गर्दै उनले, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖