• Monday 5th of October 2026

श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। घटनापछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारमाथि कुटपिट गरेका थिए। घटनामा गम्भीर घाइते भएकी पारुको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो।

उपचारपछि बुधबार अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय दोधाराले रनबहादुर सुनारलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖