सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थामा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यस निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारले बिहीबार सूचना जारी गरेको छ। प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनामा कर्णाली प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थामा उक्त दिन सार्वजनिक बिदा लागू हुने उल्लेख गरिएको छ।
