• Tuesday 6th of October 2026

पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्‍यो खण्डन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको समाचारप्रति उनको सचिवालयले आपत्ति जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले देउवा लडेर हात भाँचिएको भन्ने समाचार पूर्णतः असत्य, भ्रामक र निराधार रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा देउवा न त लडेको र न नै उनको हात भाँचिएको उल्लेख गर्दै कुनै आधिकारिक पुष्टि नगरी यस्ता समाचार तथा हल्ला फैलाउनु गैरजिम्मेवार कार्य भएको बताइएको छ। यस्ता भ्रामक सूचनाले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने सचिवालयको भनाइ छ।

सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार सार्वजनिक वा साझा गर्नुअघि आधिकारिक स्रोतबाट त्यसको सत्यता पुष्टि गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖