• Tuesday 6th of October 2026

बोलपत्र वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा ८ निर्माण व्यवसायी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ मा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका ८ निर्माण व्यवसायीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।

शुक्रबार पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा भक्तबहादुर लामा, विष्णुमान लामा, किरण मल्ल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, ऋतुबहादुर कार्की, स्वेदश पोखरेल र गंगाबहादुर सिलवाल रहेका छन्।

उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इ–बिडिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोप उनीहरूमाथि छ।

यसअघि वैशाखमा पनि यस्तै कसुरमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध अनुसन्धान गरी मुद्दा चलाइएको थियो। अनुसन्धानको दोस्रो चरणमा थप निर्माण व्यवसायीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖