• Sunday 4th of October 2026

६० बर्ष पछि विश्कपमा भिडन्त, मैत्रीपुर्ण खेलमा ६-१ ले स्पेनसँग हारेको थियो अर्जेन्टिना


  • धनकुटा खबर
  • .

काठमाडौं ।  फिफा विश्वकप २०२६ को फाइनल आज राती स्पेन र अर्जेन्टिनाबीच हुँदैछ।

 

यी दुई टोली ६० वर्षको अन्तराल पछि यस फिफा विश्वकपको फाइनलमा आमने सामने हुँदैछन्। यो खेल न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

 

स्पेन सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ भने अर्कोतर्फ, साविक विजेता अर्जेन्टिनासँग चौथो पटक उपाधि जित्ने र लगातार दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गर्नका लागि मैदानमा उत्रनेछ । यदी जित हासिल गरेमा अर्जेन्टिना इटाली (सन् १९३८० र ब्राजिल सन् १९६२० पछि) लगातार दुई पटक विश्वकप जित्ने तेस्रो टोली बन्नेछ।

 

यस विश्वकपमा ८ गोल र ४ असिस्टसहित मेस्सी ‘गोल्डेन बुट’ को दौडमा दोस्रो स्थानमा छन्। यसैबीच, स्पेनका मिकेल ओयारजाबल ५ गोलका साथ टोलीका सर्वाधिक गोलकर्ता बनेका छन् भने १९ वर्षीय यामाल ३० पटक सफलतापूर्वक ‘ड्रिबल’ गर्दै प्रतियोगिताकै सबैभन्दा प्रभावशाली विङ्गर साबित भएका छन्।

 

यी दुई टोलीबीच हालसम्म १४ वटा खेल खेलिएका छन्। दुवै टोलीले समान ६-६ खेल जितेका छन् भने दुई खेल बराबरीमा टुंगिएका छन्। विश्वकपमा उनीहरूबीच एकपटक मात्र प्रतिस्पर्धा भएको छ । सन् १९६६ मा अर्जेन्टिनाले स्पेनलाई २-१ ले पराजित गरेको थियो। उनीहरूबीचको पछिल्लो भेट सन् २०१८ को मैत्रीपूर्ण खेलमा भएको थियो, जसमा स्पेनले अर्जेन्टिनालाई ६-१ ले हराएको थियो।

 

स्पेनले लुइस डे ला फुएन्टेको टोलीले केप भर्डेविरुद्धको खेल ०-० को बराबरीमा टुंग्याउँदै आफ्नो अभियानको सुरुवात गरेको थियो। त्यस पछि स्पेनले लगातार ६ खेल जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो। टोलीले अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गर्‍यो भने सेमिफाइनलमा फ्रान्सलाई २-० ले हरायो। पूरा प्रतियोगिता भरि स्पेनले मात्र एक गोल खाएको छ । गोलकिपर उनाई सिमोनले एकै विश्वकप अभियानमा सर्वाधिक ६ पटक ‘क्लिन सिट’ अर्थात गोल नखाई खेल पूरा गर्ने किर्तिमान बनाएका छन भने कप्तान रोड्रीले ६४८ सफल पास पूरा गर्दै कीर्तिमान कायम गरिसकेका छन ।

उता, साविक विजेता अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गरेको थियो । त्यसपछि केप भर्डे, इजिप्ट, स्विट्जरल्याण्ड र इङ्गल्याण्डलाई हराउँदै टोली लगातार दोस्रो पटक फाइनलमा पुग्न सफल भएको हो । इजिप्टविरुद्ध ०-२ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-२ को जित निकाल्नु र सेमिफाइनलमा इङ्गल्याण्ड विरुद्ध २-१ को जित हासिल गर्नुले टोलीको च्याम्पियन बन्ने मानसिकतालाई प्रस्ट पारेको छ। अर्जेन्टिनाले लगातार ७ खेल जितेको छ र यस विश्वकपमा सर्वाधिक १९ गोलसमेत गरेको छ।

फाइनलमा स्पेनको रक्षापंक्ति र अर्जेन्टिनाको आक्रमणबीच मुख्य भिडन्त हुनेछ। स्पेनले हालसम्म मात्र एक गोल खाएको छ भने अर्जेन्टिनाले १९ गोल गरेको छ। मेस्सीलाई रोक्ने जिम्मेवारी रोड्री, कुबारसी र कुकुरेलाको काँधमा हुनेछ जबकी अर्जेन्टिनाको आशा मेस्सी, जुलियन अल्भारेज र एन्जो फर्नान्डेजमा केन्द्रित हुनेछ।

सम्भावित प्रारम्भिक ११ खेलाडीः

स्पेनः उनाई सिमोन (गोलकिपर), पेड्रो पोरो, पाउ क्युबार्सी, एमेरिक लापोर्टे, मार्क कुकुरेला, रोड्रि (कप्तान), फाबियान रुइज, लामाइन यामाल, दानी ओल्मो, एलेक्स बेना, मिकेल ओयारजाबल।

अर्जेन्टिनाः एमिलियानो मार्टिनेज (गोलकिपर), नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्ड्रो मार्टिनेज, निकोलस ट्याग्लियाफिको, लिआन्ड्रो परेडिस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जिउलियानो सिमोन, लियोनेल मेसी (कप्तान), जुलियान।

यस फाइनलको सबैभन्दा ठूलो चर्चा लियोनेल मेसी र लामिन यामालको वरिपरि केन्द्रित छ। मेसी अर्जेन्टिनाका सुपरस्टार हुन् भने यामाल स्पेनका युवा सनसनी हुन्। मेसीले स्पेनिस क्लब बार्सिलोनाका लागि खेल्थे। करिब १९ वर्षअघि, बार्सिलोनाका लागि गरिएको एक परोपकारी फोटोसुटको क्रममा मेसीले तीन महिनाका यामाललाई आफ्नो काखमा लिएर नुहाइदिएका थिएस त्यसबेला मेसी आफैं २० वर्षका थिए। आज, तिनै यामालले अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक मेसीको सामना गर्नेछन्। यो तस्बिर सन् २०२४ मा भाइरल भएको थियो र अहिले यसलाई फुटबल इतिहासकै सबैभन्दा चर्चित कथाहरूमध्ये एक मानिन्छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖