• Monday 5th of October 2026

टेकुमा चल्यो गोली


  • धनकुटा खबर
  • .

काठमाडौं । राजधानीको टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक प्रहरीले गोली चलाएको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन्।

प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट घाइतेसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖